कोरोनाको नाम ‘कोभिड १९’ नामाकरण ! कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २९, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने जनाएको छ । डब्लूएचओका प्रमुख टे«ड्रोस अधानोम गेबियससले कोरोनाको नाम ‘कोभिड १९’ नामाकरण गरिएको बताए ।

उनले कोरोनाप्रतिको भ्रम हटाउन पनि यसको नामाकरण गरेको पनि स्पष्ट पारे । चीनको वुहान शहरबाट महामारीको रुपमा फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय ७ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत डिसेम्बरबाट सुरु भएको कोरोनाबाट प्रभावित हुनेहरुको संख्या ४२ हजार भन्दा बढी रहेको बताइएको छ । करिव दुई लाख जना चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस