दक्षिण कोरियामा मून जाए–इनको दललाई प्रचण्ड बहुमत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ४, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख ४, काठमाण्डौ । दक्षिण कोरियामा बुधवार सम्पन्न आमनिर्वाचनमा सत्तारूढ दल डेमोक्रेटिक पार्टीले प्रचण्ड बहुमत हासिल गरेको छ । राष्ट्रपति मून जाए–इनले कोरोनाभाइरस महाव्याधिलाई रोक्न गरेको सफल प्रयासलाई जनताले अनुमोदन गरेको देखिएको छ । मूनको वामपन्थी डेमोक्रेट पार्टी र उसको सानो साझेदारले कुल ३०० सीट भएको संसदमा १८० सीट जित्यो । सन् १९८७ मा देश लोकतन्त्रमा गएपछि कुनै पनि दलले यति धेरै सीट ल्याउन सकेको योन्हाप समाचार संस्थाले लेख्यो ।

विपक्षी अनुदारवादी दल युनाइटेड फ्युचर र साझेदार सानो दलले १०३ सीट जिते । कुल ६६।२ प्रतिशत मतदान भएको थियो जुन १९९२ पछिको सबभन्दा बढी हो ।

ताजा अपडेट

खोजी गर्नुहोस