राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागेको दाबी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ ४, बिहिबार (४ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

असार ४,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन् ।

बोल्टनले आफूले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकमा ह्वाउट हाउसमा राष्ट्रपति ट्रम्पसँग भएका अन्तरंग कुराकानी र विमती समेतका विविध गतिविधिका बारेमा लेखिएको छ । उक्त पुस्तकको केही अंश अमेरिकी अखबारहरुमा प्रकाशन भएका छन् ।

पुस्तकमा राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिलाई सन् २०२० को राष्ट्रपतीय चुनावमा आफू विजयी हुनेतर्फ लक्षित गरेको जिकिर गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस