असार १२, काठमाण्डौ । रुसले संवैधानिक सुधारका लागि मतदान गर्दैछ । मतदानको परिणाम पक्षमा आए राष्ट्रपति भ्लादिमिर पुटिनको दुई कार्यकाल थप्ने अनुमति दिनेछ । आधिकारिक रुपमा मतदान जुलाई एकका लागि निर्धारण गरिएको छ ।
तर कोरोना महामारीको बेला मतदानस्थलमा भिड नगर्न एक साता अघि नै मतदान खुला गरिने अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।