८ प्रहरीको हत्या गर्ने विकास दुवेको प्रहरीले गर्‍यो इन्काउन्टर !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ २६, शुक्रबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार २६,काठमाडौँ । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ ।

दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । त्यसपछि विकास दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरे र जवाफी कारबाहीमा उनी मारिए ।

दुवेको छाती र कम्मरमा गोली लागेको छ । उनलाई अस्पताल लैजाँदै गर्दा बिहान सात बजेर ५५ मिनेटमा दुवेको मृत्यु भएको भारतीय प्रहरीको दाबी छ ।

भारतको कानपुरमा दुवेको समूहसँगको मुठभेडमा एक डिएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस