भुटानको भुमीमा चिनियाँ दावी : ६ सय ५० वर्गकिलोमिटर जमिन मिचेको दावी !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण ११, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौं । चीनले भुमी विवादको विषय टुंग्याउन भुटानमाथि दबाब बढाएको छ । भुटानको ठूलो भुभागमा आफ्नो दाबी गर्दै सीमा क्षेत्रमा उच्च नियन्त्रण राखेर विवाद सल्ट्याउन चीनले दबाब बढाउन थालेको हो । चीन र भुटानबीचको सीमा विवाद अझैं सकिएको छैन । मध्य, पूर्वी र पश्चिमी सीमा क्षेत्रमा विवाद रहेको छ । यसैबीच चीनको विदेश मन्त्री वांग वेन्बिंगले मंगलबार भुटानसँगको सीमा विवाद टुग्याउन प्याकेज सम्झौताको प्रस्ताव अघि सारेको बताएका छन् ।

यसबाहेक चीन र भुटानबीच सीमा विवाद गर्न पटक पटक कुरा अघि बढेको छ तर, सम्झौता हुन सकेको छैन्। सन् १९९६ मा चीनले भुटानको जाकारुलुंग र पासाम्लुंग उपत्यका भुटानलाई नै राख्न तर डोकलाम क्षेत्र आफुलाई दिन भन्दै सम्झौता अघि सारेको थियो। यद्यपी यो सम्झौतालाई भुटानले अस्विकार गरिदिएको थियो । डोकलाम पठार उत्तरपश्चिमी भारत, भुटान र तिब्बतको ट्रान्जिसनमा अवस्थित छ ।

ताजा अपडेट

खोजी गर्नुहोस