काठमाडौं । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७३ जनाले ज्यान गुमाएका छन् । उक्त विष्फोटनमा चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् ।
अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन् ।अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना भएको बताइरहेका छन् । राष्ट्रपति मिसेल आउनले आफ्नो सामाजिक संजाल ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु ‘अस्वीकार्य’ भएको बताएका छन् । विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ ।