विशाल विस्फोटका कारण लेबनानको बेरुतमा ३ लाख मानिस घरबारविहीन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण २२, बिहिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाण्डौ । लेबनानको राजधानी बेरुतमा विनाशकारी विस्फोटनपछि तीन लाख मानिस विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण घरबारविहीन भएपछि उनीहरू विस्थापित हुनु परेको अधिकारीहरूले बुधबार जनाएका छन् । स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरूको विवरण संकलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताए। लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार अबेर राति विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो ।

विस्फोटनमा परी सय जनाभन्दा बढीको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी मानिस घाइते भएका छन्। दुई हजार ७५० टन रासायनिक पदार्थ ‘एमोनियम नाइट्रेट’ भण्डारण गरेको एक गोदाम घरमा भएको विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको स्थानीय बासिन्दाले बताएका छन् । गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।

लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति भनेका छन् । उनले एक टेलिभिजनमा सम्बोधन गर्दै घटनामा संलग्नलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । घटनाप्रति विश्वभरबाट सहानुभूति र समवेदना प्रकट भइरहेका छन् । कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन् । रासस

ताजा अपडेट

खोजी गर्नुहोस