लद्धाखमा गरेको सहयोगप्रति नेपाली एकता समाजद्धारा भारत सरकारलाई धन्यवाद ज्ञापन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण २२, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २२,काठमाडौँ । नेपाली एकता समाज भारत, लेहले लद्धाखका नागरिकहरुलाई केन्द्र शासित प्रदेश भएको एक बर्ष पुगेको अवसरमा वधाई र शुभकामना दिएको छ ।

भारत सरकारले लद्धाखलाई केन्द्र शासित प्रदेशको मान्यता दिदा त्यहाँका नागरिकलाई मात्र फाइदा पुगेको नभई त्यस क्षेत्रमा बसोबास तथा काम गर्दै रहेका नेपालीहरुलाई पनि फाइदा पुगेको समाजले बताएको छ।

समाजले एक विज्ञप्ती निकाली लद्धाखलाई केन्द्र शासित प्रदेश बनाउने भारतीय जनता पार्टी नेतृत्वको नरेन्द्र मोदी सरकारप्रति धन्यवाद प्रकट गरेको छ ।

समाजले केन्द्र शासित लद्धाख प्रशासन र लद्धाख पहाड स्वायत्त विकास परिषद, लेहलाई लद्धाखमा नेपाली समुदायलाई काम गर्न र बस्न गरेको सहयोगप्रति पनि धन्यवाद प्रकट गरेको छ ।

भारत सरकारले नेपाली गोर्खा समुदायलाई जम्मु, कश्मिर र लद्धाखमा बसोबासको व्यवस्था समेत मिलाएको छ । यो व्यवस्था पछि नेपाली गोर्खा समुदायले सो क्षेत्रमा जमिन खरीद गरि बसोबास समेत गर्न सक्नेछन् भने उनीहरुलाई नागरिकता सरहको डकुमेन्ट पनि दिनेभएको छ । यसबाट हजारौं नेपाली गोरखा समुदायलाई जमिन खरीद गर्न र उनीहरुका छोराछोरीलाई सरकारी जागिर लगाउन सहज हुने बताइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस