साउन २७, काठमाडौं । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले चार सय विवादास्पद तालिवानी कैदीलाई माफी दिने निर्णय गरेका छन् । राष्ट्रपति घानीले एक आदेश जारी गरी ती कैदीको सजाय मिनाहा गरेको बताए । तालिवानी लडाकूले सूचीवद्ध गरेका पाँच हजार कैदीमध्ये चार सय कैदीको सजाय मिनाहा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।
गत फेब्रुअरीमा कतारमा संयुक्त राज्य अमेरिका र तालिवानीबीच भएको शान्ति सम्झौतामा अफगान सरकारले पाँच हजार तालिवानी लडाकू र तालिवानी लडाकूले एक हजार सरकारी सैनिक रिहा गर्ने सहमति भएको थियो । गत मार्चमा अफगान सरकारले एक सय विद्रोही र तालिवानी लडाकूले एक हजार सरकारी कर्मचारी र सैनिक रिहा गरिसकेको छ ।