चार्जमा राखेको मोवाइल पड्किँदा आमा र दुई छोराको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण २७, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन २७, काठमाण्डौ । भारतको तमिल्नाडुमा चार्जमा राखेको मोवाइल पड्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा र दुई छोरा रहेका छन् । २९ वर्षीया मथुलक्ष्मी मोवाइलमा राखेर फोनमा कुरा गरिरहेकी थिइन् । कल काटेपछि मोवाइल ब्लास्ट भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

मोवाइल ब्लस्ट भएपछि आगो निस्किएको र आगोकै कारण उनी सहित उनका ३ वर्षीय छोरा रणजीत र २ वर्षीय छोरा दक्षितको मृत्यु भएको हो । गम्भीर रुपमा घाइते भएको उनीहरुलाई अस्पताल लगिएपनि अस्पतालले मृत घोषित गरेको बताइएको छ । मृतकका पति बालकृष्णसँग उनको ६ वर्ष पहिला विवाह भएको थियो । उनीहरुको ऋण बढ्दै गएपछि बालकृष्णले परिवारलाई छोडिदिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस