दिल्लीमा जनस्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरी परिचालन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ भाद्र २५, बिहिबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

भाद्र २५,काठमाडौँ । भारतको नयाँ दिल्लीमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न/गराउन प्रहरी परिचालन गरिने भएको छ ।

दिल्लीमा रहेका हरेक प्रहरी युनिटमा कोभिड १९ को महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने र सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराउने बारेमा एक प्रहरी टिम परिचालन गरिने भएको हो।

स्वास्थ्य मापदण्ड पालना नहुने क्रम बढेपछि कडाइका लागि प्रहरी खटाउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब स्वास्थ्यका मापदण्ड पालना नगरे कडा कारबाही गरिने दिल्ली प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस