अमेरिकामा सेप्टेम्बर १५ बाट टिकटक प्रतिबन्ध

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ भाद्र २७, शनिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र २७, काठमाण्डौ । अमेरिकाले चिनियाँ कम्पनीले उत्पादन गरेका अधिकांश एप्लिकेसनहरु बन्द गराउने भएको छ । यससँगै चर्चित मुद्दा बनेको टिकटकमाथिको प्रतिबन्ध पनि फुकुवा नगर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने पूर्वनिर्णयबाट पछि नहट्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले यही सेप्टेम्बर १५ तारिख भदौ ३० गते देखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउने बताएका छन् । अब त्यो मिति पर नसारिने पनि उनले बताए ।

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेसनको सूचीमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको छ । यो निकै बढी चर्चाको विषय पनि बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस