जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गयो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ भाद्र २७, शनिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र २७, काठमाण्डौ । जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार विहान ११।४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् । भू–गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको ४० किलोमिटर गहिराइबाट कम्पन भएको थियो ।

अहिले आएको भूकम्पपछि कुनै आँधीको सम्भावना भने नदेखिएको विज्ञहरुले बताएका छन् । यो भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएका विवरण पनि प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस