भाद्र २८,काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ४७ लाख नाघेको छ। कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ४७ लाख ५४ हजार ३५६ रहेको छ।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै ९४ हजार ३ सय ७२ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा हालसम्म कोरोनाबाट ७८ हजार ६ सय १४ जनाले ज्यान गुमाइसकेका छन् भने ३७ लाखभन्दा बढी कोरोनामुक्त भएका छन्।
कोरोनाबाट भारतभन्दा पनि बढी प्रभावित अमेरिकामा हालसम्म ६६ लाख ७६ हजार ६०१ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये १ लाख ९८ हजार १२८ जनाको मृत्यु भएको छ।
विश्वभर हालसम्म २ करोड ८९ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् भने ९ लाख २४ हजारभन्दा बढीले कोरोनाबाट ज्यान गुमाएका छन्। विश्वभर अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २ करोड ८ लाखभन्दा बढी छ।