जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ भाद्र ३१, बुधबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र ३१, काठमाण्डौ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएका हुन् । किसानको छोरा सुगा अहिले ७१ वर्षको भएका छन् । उनी सन् १९९१ मा प्रधानमन्त्री बनेका किचि मियाजावापछि सबैभन्दा पाको उमेरको प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफू सधैँ प्रतिबद्ध रहेको बताएका छन् । निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले केहीदिन अगाडि अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस