युक्रेनमा सैन्य विमान दुर्घटना: २२ जनाको मृत्यु, दुईको अवस्था गम्भीर,चार बेपत्ता

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन १०, शनिबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

असोज १०,काठमाडौँ । युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो ।

मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन् ।

दुर्घटनामा दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । बेपत्ता चार जनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

दुर्घटनापछि विमानमा आगो लागेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस