अर्वपति राष्ट्रपति डोनाल्ड ट्रम्पले आयकर तिरे ‘७५० डलर’ !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन १२, सोमबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असोज १२,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ।

राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७५० डलर मात्रै तिरेको खबर प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ। राष्ट्रपतिमा निर्वाचित भएको वर्ष अर्बपति ट्रम्पले संघीय आयकर ७५० डलर मात्रै तिरेको देखिएको खबरमा उल्लेख छ ।

ट्रम्प र उनको कम्पनीको कर सम्बन्धी पछिल्लो दुई दशकको जानकारी आफूले प्राप्त गरेको न्यूर्योक टाइम्सले बताएको छ ।

सो तथ्यांक अनुसार ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष आय कर नै नतिरेको देखिएको पत्रिकाले जनाएको छ । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको देखिएको खबरमा दाबी गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस