भारतमा १५ तारिखदेखि स्कुल र कलेज खुल्ने !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन १५, बिहिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले आकान्त बनेको भारतमा आउँदो १५ तारिखदेखि स्कुल र कलेज खुल्ने भएका छन् । अमेरिकापछि सबैभन्दा प्रभावित भानिएको भारतले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि चलिरहेको लकडाउनको अन्त्य गर्दै आउँदो १५ तारिखदेखि स्कुल र कलेज खोल्ने निर्णय गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

कोरोनाका नाममा सधै विद्यालय र विश्वविद्यालय बन्द हुनु नहुने भन्दै यस्तो निर्णय भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्न पाउनेछन् । १० वर्ष मुनिका बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस