अफगानिस्तानमा रकेट प्रहार हुँदा कम्तीमा आठको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर ६, शनिबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

मंसिर ६, काठमाण्डौ । अफगानिस्तानको राजधानी काबुलमा रकेट प्रहार हुँदा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ । शनिबार बिहान कार्यालय समयमा काबुलको वस्तीमा थुप्रै रकेटहरू प्रहार भएका थिए । रोयटर्सका अनुसार त्यसमा परी कम्तीमा पनि आठ जना नागरिकको मृत्यु भएको र ३१ जना घाइते भएका छन् । आन्तरिक मन्त्रालयका प्रवक्ता तरिक अरियनले पनि सो संख्या पुष्टि गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५ जनाको शव र २१ जनालाई अस्पताल लगिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस