एक अफगानी महिला पत्रकारको र उनका चालकको गोली हानी हत्या

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर २६, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २६, काठमाण्डौ । एक अफगानी पत्रकारको गोली हानी हत्या गरिएको छ । बिबिसीमा आएको खबर अनुसार महिला पत्रकार मलाला माइवन्दको हत्या भएको हो । उनी एनिकास टीभी र रेडियोमा कार्यरत थिइन् । पूर्वी अफगानिस्तानमा जलालाबादमा उनको हत्या भएको हो । उनी काममा जानका लागि हिँडिरहेका बेला बन्दुकधारीको एक समूहले उनको गाडीमाथि हमला गरेको बिबिसीले जनाएको छ । आक्रमणबाट उनको गाडीका चालकको पमि मृत्यु भएको छ । हालसम्म घटनाको जिम्मेवारी कुनै समूहले जिम्मेवारी लिएको छैन ।

समाचार एजेन्सी रोयटर्सले दिएको खबर अनुसार मलाला पत्रकारका अलवा नागरिक समाजकी एक सक्रिय कार्यकर्ता पनि थिइन् । उनले अफगानिस्तानमा महिला पत्रकारका चुनौतिबारे आवाज उठाउँदै आएकी थिइन् । उनकी आमा पनि नागरिक समाजकी एक कार्यकर्ता थिइन । ५ वर्ष अगाडि उनको पनि अज्ञात बन्दुकधारीहरुले हत्या गरेको रोयटर्सले खबर दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस