अफगानिस्तानमा शान्ति छाउँदै : तालिवानसँग अर्को चरणको शान्तिवार्ता जनवरी ६ मा हुने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष १३, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पुस १३, काठमाण्डौ । तालिवान र अफगान सरकारबीच अर्को चरणको शान्तिवार्ता आउँदो जनवरी ६ तारिखमा हुने भएको छ । अर्को चरणको वार्ता पनि कतारमै हुने राष्ट्रपति असरफ घानीले बताए । राष्ट्रपति असरफ घानीले कतारको दोहामा भएको पहिलो चरणको वार्तापछि स्वदेशमै वार्ताका लागि वातावरण बनाइने बताइरहे पनि तालिवान समूहले सुरक्षाको कारण देखाउँदै अफगानिस्तानमा फर्किन नमानेको समाचार संस्था एएफपीले जनाएको छ ।

तालिवान समूह र सरकारबीच दोहाको एक होटेलमा सेप्टेम्बर १२ मा पहिलो चरणको वार्ता सुरू भएको थियो तर वार्ता जनवरी ५ सम्मका लागि स्थगित भएको छ । वार्तामा मध्यस्थता गर्ने बताएका केही देशले कोरोना महामारीको कारणले आफ्नो प्रस्तावलाई अघि बढाउन ढिला भइरहेका समय वार्ताको नयाँ स्थान र मिति तय भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस