पुस १६, काठमाण्डौ । सिरियामा एउटा बसमा भएको आक्रमणमा परि कम्तीमा २८ जनाको ज्यान गएको छ । डेइर अल(जोउर प्रान्तको पूर्वी क्षेत्रमा बसमाथि एम्बुस आक्रमण भएको हो । सिरियाको सरकारी सञ्चारमाध्यमले ज्यान गुमाउनेहरु सामान्य नागरिक रहेको बताएको छ तर अरु स्रोत र अनुगमन समूहहरूले भने सैनिक चढेको बसमा एम्बुस आक्रमण भएको र ज्यान गुमाउनेहरु सैनिक रहेको उल्लेख गरेका बीबीसीले जनाएको छ ।