इन्डोनेसियामा भूकम्पले एउटै सहरका ३५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ २, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाण्डौ । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट मजिना सहरमा ३५ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् भने कैयौं भग्नावशेषमा च्यापिएका छन् । इन्डोनेसियाली अधिकारीले भूकम्प अझै आउनसक्ने र सुनामी पनि आउनसक्ने चेतावनी दिएका छन् ।

इन्डोनेसियाको पूर्वी टापु सुलावेसीमा ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो । शक्तिशाली भूकम्पपछि पनि दर्जनौं परकम्प गएका अमेरिकी समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सुलावेसीस्थित सहर मजिनाबाट करिब ६ किलोमिटर उत्तरपूर्वमा भूकम्पको केन्द्रविन्दु रहेको छ । केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर मात्र मुनि रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस