इन्डोनेशियामा ज्वालामुखी विस्फोट

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ ४, आईतबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

माघ ४, काठमाण्डौ । इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सेमरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटर भन्दा धेरै परसम्म पुगेको बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेटमा भएको विस्फोटपछि त्यहाँको आकासमा खरानी र धुवाँ फैलिएको छ । ज्वालामुखीबाट कोही घाइते भएको वा ज्यान गएको जानकारी आइनसकेको भएपनि इन्डोनेशिया सरकारले ज्वालामुखी विस्फोट भएको आसपासको पहाडी क्षेत्रमा बसेका मानिसलाई सचेतता अपनाउन आह्वान गरेको खबरमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस