फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुद्दा गुजरातमा १५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ ६, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ । राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस