बाइडेनको पदभार ग्रहण समारोह आज !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ ७, बुधबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको राजधानी वाशिंगटन डीसीमा बुधबार मध्यान्ह एक समारोहका बीच राष्ट्रपति निर्वाचित जोइ बाइडेनले पदभार ग्रहण गर्दैछन् । उक्त समारोहमा बाइडेनले क्यापिटोलको खुड्किलामा पदीय शपथ लिदै व्हाइट हाउसको यात्रा गर्नेछन् । तर सत्ता हस्तान्तरण समारोह आयोजना हुनुभन्दा दुई साता अघि मात्रै क्यापिटोलमै राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि बिगत झैं समारोह सामान्य तवरले समारोह आयोजना नहुने आँकलन गरिएको छ । उक्त आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो ।
बीबीसीले कोभिड–१९ को बढ्दो सङ्क्रमण र ट्रम्प समर्थित कार्यकत्र्ताको आक्रमणको जोखिमका बीच शपथ समारोह हुने हुँदा अमेरिकी सुरक्षा निकायले तयारीमा कुनै कसर बाँकी नराख्ने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस