सीमा विवादमा भारतीय र चिनियाँ सैनिकबीच झडप

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ १२, सोमबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाण्डौ । उत्तरी सिक्किमको नाकु ला सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । तीनदिनअघि सिक्किमको नाकुला पासमा उक्त झडप बताइएको छ । अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ । गत वर्ष जुनमा लद्दाखमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस