भारतीय सेनाको हेलिकप्टर जम्मु कश्मीरमा दुर्घटना हुँदा पाइलटको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ १३, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । भारतीय सेनाको हेलिकप्टर सोमबार साँझ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । एक जना घाइते छन् । भारतीय सेनाको ध्रुव हेलिकप्टर जम्मु कश्मीरमा दुर्घटनामा परेको हो । हेलिकप्टर दुर्घटनालगत्तै पाइलट गम्भीर घाइते भएका थिए ।

स्थानीय अधिकारीहरुका अनुसार सेनाको हेलिकप्टर कठुआस्थित लखनपुर इलाकामा स्थानीय समय अनुसार साँझ ७ बजेर १५ मिनेटमा दुर्घटनामा परेको हो । सोमबारको हेलिकप्टर दुर्घटनाको कारण भने खुलिनसकेको भारतीय मिडियाले जनाएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस