माघ १४, काठमाडौँ । रूसले पश्चिमी देशहरुलाई विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा प्रदर्शन गर्नको लागि उक्साएको आरोप लगाएको छ । भव्य प्रहरी बल तैनाथ गरिएपनि शनिबार हजारौंको संख्यामा मानिसहरु प्रादर्शनमा सहभागी भएका थिए । प्रहरीले करिब तीन हजार पाँच सय मानिसलाई पक्राउ गरेको छ । तर रुसका र्राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले विरोध प्रदर्शनमा निकै कम मानिसले भाग लिएका बताएका छन् ।
पुटिनका कट्टर विरोधी र आलोचक एलेक्सी नाभाल्नीलाई एक हप्ता पहिला रुस फर्किएपछि पक्राउ गरिएको थियो त्यसपछि उनीहरुले विरोध प्रदर्शनको आह्वान गरेका थिए ।