माघ १५, काठमाण्डौ । यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा बुधबार कम्तीमा ५३ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।
“दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहरूको पहिचान गर्न सकिएको छैन,” स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भने ।