साउन १, काठमाण्डौ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल पठाइएपछि भएको प्रदर्शन हिंसात्मक हुँदै गएको छ । प्रहरीसँगको मुठभेडमा हालसम्म ११७ जनाको मृत्यु भइसकेको छ भने कयौं घाइते भएका छन् । २ हार २०० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शन चर्किँदै गएपछि दक्षिण अफ्रिकी सरकारले २० हजार भन्दा बढी सेना परिचालन गर्न निर्देशन दिएको छ । प्रदर्शनलाई नियन्त्रण गर्न र शान्ति व्यवस्था कायम गरि प्रहरीलाई सहयोग गर्न हजारौंको संख्यामा सेना परिचालन गर्ने निर्णय गरिएको हो । सन् १९९४ पछि यति धेरै संख्यामा सेना परिचालन गरिएको हो ।