इराकको बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ श्रावण ५, मंगलबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौ । इराकको बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अन्य कयौँ घाइते भएको सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा मंगलबार विस्फोट भएको हो । यो विस्फोटलाई पछिल्लो छ महिनायताकै सबैभन्दा घातक ठानिएको छ । विस्फोटको जिम्मा इस्लामिक स्टेट आईएस समूहले लिएको छ ।

इराक सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेयता त्यहाँ विस्फोटका घटना बढेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस