काबुल विमानस्थलमा १२ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ भाद्र ३, बिहिबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भदौ ३, काठमाडौं । अफगानिस्तानको काबुलस्थित हामिद कारजाई विमानस्थल वा आसपासका क्षेत्रमा आइतबारयता १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तालिबानले समग्रमा अहिलेसम्म १२ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

नाम नबताउने शर्तमा तालिबानका अधिकारीले गोली लागेर वा भागदौडको क्रममा उनीहरुको मृत्यु भएको बताएका हुन् । उनले सबै बाहिर जाने अनुमति नभएका मानिसलाई घर जान पनि आग्रह गरेका छन् । तालिबानले एयरपोर्टमा कसैलाई पनि दुःख दिन नचाहेको बताएका छन् ।

अहिले काबुलको एयरपोर्ट अमेरिकी सेनाको नियन्त्रणमा छ । तर, एयरपोर्ट जाने बाटोमा तालिबानहरु तैनाथ गरिएको छ । प्रत्यक्षदर्शीले बाहिर जाने कागजात भएका मानिसलाई पनि उनीहरुले रोकिरहेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस