अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता, तालिबानले फायरिङ खोली खुसी मनाए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ भाद्र १५, मंगलबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भदौ १५, एजेन्सी । अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो ।

अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुसीमा बन्दूक पड्काएका छन् । उनीहरुले आकाशमा गोली हानेका हुन् । पछिल्ला केही साता अमेरिकी सैनिकहरुको उपस्थिती काबुल विमानस्थलमा मात्रै थियो ।

सोमबार अमेरिकी सेन्ट्रल कमाण्डका मुख जनरल फ्रयाङ्क म्याकेन्जीले सेना फर्किएको आधिकारीक धारणा दिए । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हवाई हमला भएपछि त्यसको बदलास्वरुप अमेरिकाले अफगानिस्तानको तालिबानी सत्तालाई निशाना बनाएको थियो । त्यसपछि अमेरिकाले अफगानिस्तान छाड्न २० वर्ष लाग्यो ।

यसक्रममा आफ्ना २४ सयभन्दा धेरै सैनिक मारिएका म्याकेन्जीले बताए । र, रोचक कुरा अमेरिकी सेना अफगानिस्तानबाट निस्कनुअघि नै विगत केही सातादेखि अफगानिस्तान तालिबानको कब्जामा आइसकेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस