वैशाख, १९ एजेन्सी । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारमा विदेशमन्त्री मार्को रुबियोलाई नियुक्त भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जलाई बर्खास्त गर्दै विदेशमन्त्री रुबियोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।
वाल्ट्ज राष्ट्रपति ट्रम्प सरकारको १०० दिनमै पदबाट बाहिरिने पहिलो उच्च पदस्थ सदस्य हुन् । उनीसँगै माइक वाल्ट्जका सहयोगी एलेक्स वोङले पनि आफ्नो पदबाट बाहिरिएको रोयर्टसले जनाएको छ ।
ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा वाल्ट्जलाई संयुक्त राष्ट्र संघका लागि राजदूतको नयाँ जिम्मेवारी दिएका बताएका छन् । ट्रम्पले वाल्ट्जलाई राष्ट्रको हितका लागि कडा मेहनत गरेकोमा धन्यवाद समेत दिएका छन् ।
वाल्ट्जले यमनमा उच्च पदस्थ अधिकारीहरूले सैन्य हमलाको योजना बनाएको च्याट समूहमा एक एक पत्रकार थपेकामा उनको आलोचना हुदै आएको थियो ।