एएफसी यू–१७ एसिया कप छनोटमा नेपालको समूह ‘एफ’

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ जेष्ठ १०, मंगलबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाण्डौ । एएफसी यू–१७ एसिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । एएफसीले मंगलबार सार्वजनिक गरेको समूह विभाजनअनुसार समूह ‘एफ’ मा नेपालसहित थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । यो समूहको छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुनेछन् ।

एएफसीले छनोटका सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरेको छ । छनोटबाट प्रत्येक समूहका विजेता तथा उत्कृष्ट पाँच उपविजेताले अर्को वर्ष बहराइनमा हुने यु–१७ एसियन कपमा स्थान बनाउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस