जेठ १०, पोखरा । सात घण्टादेखि रोकिएको पोखराका तीन वडाको मत गणना सुरु भएको छ । एमालेले वडा नं। १८ मा ९ मत हराएको भन्दै फेरि मत गणनाका लागि निवेदन दिएको थियो । यही मत हराएको विषयलाई लिएर वडा नं। २२, ३२ र ३३ को मत गणनास्थल एमालेका प्रतिनिधिले छाडेका थिए ।
दिउँसो १२ बजेदेखि रोकिएको मतगणना सातघण्टा पछि सुरु भएको छ भने वडा नं १८ को विषयचाहिँ कानुनी प्रक्रियामा लैजाने सहमति जुटेको छ ।