स्पानिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ जेष्ठ १५, आईतबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर कीर्तिमानी १४औं पटक युरोपको प्रतिष्ठित ट्रफी उचालेको हो ।

रियललाई उपाधि दिलाउन भिनिसियल जुनियर दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । भिनिसियसले ५४औं मिनेटमा फेडरिक भाल्भर्डेको पासमा गोल गरेका थिए । रियलका गोलकिपर थिबाउट कोर्तुवाले उत्कृष्ट बचाउ गर्दा लिभरपुलको आक्रमण निराश बनेको थियो ।

रियलका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यस अघि उनले एसी मिलानबाट दुई र रियलका लागि एक च्याम्पियन्स लिग जितेका थिए । लिभरपुलको सातौं पटक उपाधि जित्ने सपना भने पूरा हुन सकेन । रियलले पछिल्लो पटक २०१८मा लिभरपुललाई हराएर उपाधि जितेको थियो भने लिभरपुल २०१९ मा च्याम्पियन बनेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस