असोज ३०, काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेट आजदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ ।
नामिबिया दोस्रो पटक विश्व कप खेल्दैछ । श्रीलङ्का पूर्व च्याम्पियन र अहिलेसम्मका विश्व कपमा सहभागी टोली हो । आज हुने दोस्रो खेलमा दिउँसो पौने २ बजे यूएई र नेदरल्यान्ड खेल्दैछन् । यूएई दोस्रो पटक र नेदरल्यान्ड पाँचौँ पटक विश्व कप खेल्न लागेको हो ।