‘लिटिल बुद्ध’ भनिने बम्जनले युवती बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष १२, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाडौं । लिटिल बुद्धका नामले चिनिएका बाराका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन्।

तिनमा फूलमाया रुम्बा, कर्म वाइबालगायत छन्। विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि जोखी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

बाराको रतनपुरी जंगलमा निराहार तपस्या गरेको भनी चर्चामा आएका बम्जनको बाराको हलखोरियास्थित आश्रममा आनी बन्न फूलमाया रुम्बा ०६८ सालदेखि गएको उनको परिवारले बताएका छन्।

दिदीलाई खोज्न जाँदा रामबहादुर बम्जनले यहाँ छैन भनेर फर्काउने गरेको फूलमायाका भाई विजयले बताए।

डिएसपी भट्टराईले बम्जनको तपस्यास्थलको खोजीलगायत जानकारी लिने प्रयास गरिएको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस