पर्व समय सुधार राष्ट्रिय समाजको मुखपत्र ‘शुभ मुहुर्त’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष १२, बिहिबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पुस १२,काठमाडौँ । पर्व समय सुधार राष्ट्रिय समाज नेपालले आफ्नो मुखपत्रको रुपमा शुभ मुहुर्त सार्वजनिक गरेको छ । बुधबार काठमाडौँ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले एक कार्यक्रमका बिच मुखपत्र सार्वजनिक गरे । पर्वसमय सुधार के,किन र कसरी भन्ने विषयमा तयार पारिएको मुखपत्र बिमोचन गर्दै प्रमुख शाक्यले विद्धानहरुको छलफलबाट पर्व समय सुधारको आवश्यकता देखिएको हो भने यसमा पुर्ननिर्णय हुनपर्ने बताए ।

उनले पर्व सुधार समाजलाई शुभकामना व्यक्त गरे । पर्व सुधारको अभियन्ता किर्तीमदन जोशीले पर्व सुधारको आवश्यकता भईसकेको बताउदै उनले पर्वहरु समयानुकलु नहुँदा देशमा विभिन्न किसिमका समस्या उत्पन्न भएको बताए । कार्यक्रममा प्रा.दिनेशराज पन्तले पर्व सुधारको सवालमा सरकारले एउटा निर्णय गरेपनि आम जनताले पर्व सुधारको बारेमा ध्यान दिनुपर्ने बताए ।

उनले परापुर्वक कालदेखि नै चलनमा रहेका पर्वको समय सुधारमा सबैले चासो व्यक्त गर्नुपर्ने बताए । पर्व समय सुधार राष्ट्रिय समाजका अध्यक्ष पं. महेश्वर जुजुराज उपाध्यायले पर्व समय सुधार जतिसक्दो चाँडो गर्नुपर्ने बताउदै आगुन्तुक सबैलाई धन्यवाद व्यक्त गरेको पर्व समय सुधारका सचिव बलराम श्रेष्ठले अनलाईन केन्द्रलाई जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस