सिन्धुपाल्चोकमा जीप दुर्घटना : एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष १३, शुक्रबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पुष १३, सिन्धुपाल्चोक । बाह्रबिसेबाट कर्थली जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि एकजना घाइते भएका छन् ।

बा १४ छ ५६८१ नम्बरको जीप दुर्घटना हुँदा मान्दे तामाङको घटनास्थलमै ज्यान गएको हो । त्यस्तै कर्थलीकै राजकुमार विक घाइते भएको प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए ।

जीप चालक भने फरार रहेका छन् । बाह्रबिसेबाट कर्थली जाँदै गर्दा दरुम्थली भन्ने ठाँउमा जीप दुर्घटनामा परेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस