देशभर चिसो बढ्यो, हुम्लाको तापक्रम माइनस १३ डिग्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १३, शुक्रबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाडौं । शुक्रबार बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । शुक्रबार बिहान काठमाडौंको तापक्रम १ दशमलव ४ डिग्रीमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि बुधबार १ दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम बिहीबार भने बढेर तापक्रम ५ दशमलव ५ डिग्री पुगेको थियो । यस्तै, डडेलधुराको तापक्रम पनि माइनसमा पुगेको छ ।

हुम्लामा हिमपात भएपछि शुक्रबार बिहान सिमिकोटको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ । डडेलधुराको तापक्रम माइनस १ दशमलव ३ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।

जुम्लाको तापक्रम भने बढेको छ । बिहीबार जुम्लाको तापक्रम माइनस ६ दशमलव २ डिग्री मापन गरिएको छ । बुधबार भने जुम्लाको तापक्रम माइनस ८ डिग्री पुगेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस