२२ औं संस्करणको आहा रारा गोल्ड कप १२ पुषदेखि हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक २५, शुक्रबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक २५, काठमाण्डौ । मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको २२ औं संस्करण आउँदो १२ पुषदेखि हुने भएको छ ।

ुखेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौुं भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा खेल हुने भएको हो । प्रतियोगिता २३ पुषसम्म चल्नेछ । एन्फाले खेलको मिति तय गरिदिएसँगै तयारीमा जुटेको आयोजक क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस