यूएईविरुद्ध एक दिवसीय सिरिजको पहिलो खेल खेल्दै नेपाल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक २८, सोमबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक २८, काठमाडौ । आज नेपालले पाहुना टोली यूएईसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ९ बजेदेखि पहिलो खेल सुरु हुनेछ । त्रिवि मैदानमा नेपाल र यूएईबीच तीन खेलको सिरिज हुनेछ ।

नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि परिचित टोली हुन् । अहिलेसम्म भएका ६ प्रतिस्पर्धामा नेपाल दुईमा विजयी हुँदा चार खेलमा यूएई विजयी भएको छ । नेपाल भ्रमणमा रहेको युएईसँगको दोस्रो खेल बुधबार र तेस्रो शनिबार हुँदैछ । पहिलो खेलमा जित दर्ता गर्दै सुखद् सुरुवात गर्ने तयारीमा दुवै देश रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस