पौष २४, काठमाडौं । मलेसिया सरकारले नेपाली कामदार ल्याउने विषयमा दुई महिनाभित्र प्रतिवेदन तयार गर्ने बताएको छ।
मलेसियाका मानव संसाधन तथा मन्त्री दातुक महफुजका अनुसार उक्त रिपोर्ट अहिलेसम्म छलफलकै क्रममा रहेको र स्वतन्त्र विदेशी कामदार कमिटीको हातमा रहनेछ।
उनले भनेका छन्, ‘कामदारको बारेमा कुनै पनि सुझाव वा नीति वैदेशिक कामदार कमिटीले सिफारिस गरेको मात्रै लागू हुनेछन्। हामी यसलाई स्वीकार गर्नेछौ।’ मन्त्री महफुजले त्यहाँ रहेको इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्यूट अफ क्लालालम्पुर (आएलपीकेएल) को अवलोकन गरेका छन्।
उनले भनेका छन्, ‘कामदारको रिपोर्ट तयार हुनेबित्तिकै सबै समस्याहरु समाधान हुनेछन्। तर सरकार कामदारको सबै समस्या हल गर्न तयार छ।’
गत वर्षको मेमा मलेसिया सरकारले नेपाली कामदारलाई प्राइभेट कम्पनीमार्फत गैरकानुनी ढंगबाट लैजान थालेपछि नेपाल सरकारले नेपाली कामदारलाई मलेसिया पठाउन अस्थायी रुपमा रोक लगाएको थियो।