आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७९ फागुन ७, आईतबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन ७,काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरू सम्मिलित पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गर्नुभएको छ ।

कार्यदलमा सुनिलबाबु श्रेष्ठ, रामेश्वर खनाल, अरुणध्वज अधिकारी, कोमलराज पाण्डे, राजेन्द्रराज शर्मा, वीरेन्द्र पाण्डे र रोजी प्रधानाङ्ग सदस्य रहनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, योजना महाशाखा प्रमुख शिव नेपाल कार्यदलको सदस्य सचिव हुनुहुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस