बझाङ हिमपहिरो : दुईजनाको शव फेला, अझै एकजना बेपत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ८, सोमबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाडौँ । बझाङको सुर्मा गाउँपालिका– २ स्थित धानसेरीमा आइतबार गएको हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको छ ।

शव भेटिनेमा सुर्मा गाउँपालिका–३ की ४० वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामी रहेका छन् ।

जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामी अझै बेपत्ता छिन् । हिमपहिरोमा परेर सुर्मा गाउँपालिका–३ का ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका–११ का १४ वर्षीय आकाश धामी घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस