जेठ १०,काठमाडौँ । भोटो जात्राको अवसरमा सरकारले काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा भोलि बिहीवार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सूचना निकालेर बिहीवार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।
भोलि बेलुकी साढे ४ बजे ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइनेछ । भोलि बिहान बुङ्गमतीबाट मत्स्येन्द्रनाथको भोटो ल्याइनेछ । यसरी जावलाखेलमा भोटो देखाइसकेपछि फेरि बुङ्गमतीमै पुर्याइनेछ ।